भैरहवा असार २६/
एसईईमा सहभागी विद्यार्थीहरुलाई काशी नोबल एकेडमीले सम्मान गरेको छ । अध्धयनरत विद्यार्थीहरुले २०७९को एसईई परिक्षामा उत्कृष्ट अंकका साथ उर्तीण भएकोले विद्यालयले एक कार्यक्रम गरी सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
शिक्षा समन्वय इकार्य रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, प्याबसन केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, प्याबसन लुम्बिनीका सह कोषाध्यक्ष महेश भुर्तेल, उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, शिक्षा अधिकृत कृष्ण खरेल लगायतले विद्यार्थीहरुलाई शुभकामना दिदै सम्मान गरेका हुन । सो अवसरमा बोल्दै उतिथीहरुले अभिभावकले शिक्षालय प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको औल्याए ।
शिक्षाको शैली परिवर्तन गर्नु भन्दा पनि अभिभावकहरुको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।

शिक्षा र स्वास्थको नाममा सिद्धार्थनगरबाट लाखौँ पैसा बाहिरिएकोले स्थानीय स्तरमै पनि उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने उदाहरण वर्षेनी यहाँको नतिजाले देखाउने गरेकोले विद्यार्थी मात्रै नभई अभिभावकहरु यस प्रति सजग हुनु पर्ने बताए । टाढा गएर पढ्नु भन्दा लगनशील भएर स्थानीय क्षेत्रलाई प्राथमिकता दिदै अध्धयन गरेमा सिद्धार्थनगरको विकास हुने बताउदै अभिभावकले आफुबाट सुरुवात गरि विद्यार्थी पलायन रोक्नु पर्ने उनीहरुको भनाई छ ।

शिक्षा समन्वय इकार्य रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीले अन्तरनिहित क्षमता पहिचान गरी भविष्यलाई हेरे आफ्नो योग्यता र क्षमता अनुसार नै आगामी शिक्षाको बाटो जोड्नु पर्ने बताए । सफलताका लागि कसैको चाकडी नगरी किताबको चाकडी गरे मात्रै भविष्य उज्जवल रहेकोले अवसरलाई ख्याल गरेरमात्रै पढाइ पर्नु बताए ।
प्याबसन केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले शिक्षालयमा हेर्नू भएको दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने बताए । निजि क्षेत्रबाट देशमै उत्कृष्ट नतिजा ल्याएको उदाहरणहरु रहेको छ, काशीले विगतमा पनि रुपन्देही प्रथम हुँदै आएकोले यो विरासतलाई कायम राख्नु पर्ने बताउदै शैक्षिक हबको रुपमा रहेको सिद्धार्थनगरलाई उत्तर तर्फ बढेको आकर्षण रोक्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अतिथीहरूले जिपिए जे जती ल्याए पनि रुचि अनुसारको उच्च शिक्षा लिनु पर्ने, अझै मिहिनेतका साथ उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य लिनु पर्ने र काशी नोबलले सिद्धार्थनगरबाट केही हद सम्म विद्यार्थी पलायन रोकेको बताए । निजी क्षेत्रले पनि सिद्धार्थनगरको शैक्षिक इतिहासको विरासत जोगाउन, शिक्षकलाई भैरहवामै रोक्न र विद्यालयका साथै शिक्षाको गुणस्तर उकास्नका लागिपरेको बताए ।
काशीले २०७९ सालमा ९७ जना विद्यार्थीलाई एसईई परिक्षामा समावेश गरएकोमा १ जनाले रुपन्देहीकै उत्कृष्ट नतिजा, २ जना सिद्धार्थनगर प्रथम र ७ जनाले विशिष्ट श्रेणीका साथ शत प्रतिशत नतिजा ल्याएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले भने । हाम्रा विद्यार्थी अमन बेलबासे ३.९५जिपिए का साथ रुपन्देही प्रथम हुनु नै स्थानीय स्तरमा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उदाहरण हो । ५२ सालमा स्थापना भएका शैक्षिक संस्थाले विगतमा पनि जिल्ला नगरमा उत्कृष्ट नतिजा ल्याउन सफल रहेकोले यस क्षेत्रकै अब्बल विद्यालयको परिचय बनाएको बताए । मानसिकताबाट जे पढ्न लाग्छ त्यही पढ्न आग्रह गरे अभिभावकको चापले पढ्न नहुने आग्रह गरे । पढ्ने विषयमा शत प्रतिशत तन मन लगाउनु पर्ने बताए ।
काशी नोबल एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षतामा विद्यालयका सह–प्राचार्य श्री रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।