Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

साई ग्लोबललाई राष्ट्रिय शिक्षा सम्मान


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०८० बुधवार
  • 318
    SHARES

साई ग्लोबललाई राष्ट्रिय शिक्षा सम्मान

भैरहवा असार २४

रुपन्देही को सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको साई ग्लोवल मा.वि÷कलेज लाई फोकस नेपाल ले ’राष्ट्रिय शिक्षा सम्मान २०८० ’ ले सम्मान गरेको छ ।

फोकस नेपाल द्वारा काठमाडौंमा गरिएको विशेष समारोहमा विद्यालयलाई सम्मान गरिएको हो । विद्यालयका प्रबन्ध निर्देशक मोती पौडेलले उक्त सम्मान ग्रहण गरेका थिए ।

साई ग्लोबल एकेडेमीलाई गत बर्ष पनि राष्ट्रिय शिक्षा सम्मान २०७९ ले सम्मानित गरिएको थियो । सिद्धार्थनगर क्षेत्रको शैक्षिक विकासमा बिशिष्ठ योगदान पु¥याउँदै आएको साई ग्लोबलले नर्सरीदेखि स्नातक तहसम्मको शिक्षा प्रदान गर्दै आइरहेको छ । स्तरीय शिक्षाका कारण लोकप्रिय कलेजको आफ्नै सुविधा सम्पन्न भवन, उत्कृष्ठ प्रयोगशाला र अन्य भौतिक पूर्वाधार रहेका छन् ।

यसैबीच राष्ट्रिय शिक्षा सम्मानबाट सम्मानित साई ग्लोबलले खुशीयालीमा सिद्धार्थनगरमा ¥याली प्रदर्शन गरेको छ । विद्यालय÷कलेज परिसरबाट बाजा गाजासहित निस्किएको ¥यालीले सिद्धार्थनगर बजार परिक्रमा गरेको थियो ।

¥यालीपछि आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष हरिबहादुर थापा, प्रबन्ध निर्देशक मोती पौडेल, प्राचार्य कौशलराज गौतमलगायतले बोल्दै सिद्धार्थनगरको शैक्षिक विकासका लागि गुणस्तरीय विद्यालय÷कलेज बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार