Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न रुपन्देहीको मायादेवी गाउंपालिकाका स्थानीयको पालिकालाई सुझाव


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०८० बुधवार
  • 442
    SHARES

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न रुपन्देहीको मायादेवी गाउंपालिकाका स्थानीयको पालिकालाई सुझाव


भैरहवा असार २७/
रुपन्देहीको मायादेवी गाउंपालिकाका स्थानीयले पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । पालिकाको बुधबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनीहरुले शिक्षा, स्वास्थ्य,पुर्वाधारका साथै कृषिको धेरै सम्भावना रहेकोले कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव दिएका हुन् ।

 मायादेवी गाउंपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका सबै वडाहरुबाट उपस्थित स्थानीले विकास पुर्वाधार निर्माका कामहरुको उचित अनुगमन हुनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई समयमै मलखाद, विउविजन उपलब्ध गराउनु पर्ने, उत्पादित कृषिजन्य बस्तुहरुको बजार व्यवस्थापन गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए । साथै उनीहरुले पालिकालाई नारामा नमुना गाउंपालिका बनाउने भनिएपनि व्यवहारत सो नदेखिएको भन्दै आगामी योजना के छन् भनेर प्रश्न गरेका थिए ।

add sai 26.jpg

कार्यक्रममा उठेका जिज्ञाशालाई सम्बोधन गर्दै पालिका अध्यक्ष चौधरीले आफुपनि कृषक भएका कारण कृषि क्षेत्रका धेरै समस्याका विषयमा जानकार रहेकोले क्रमैसंगै समाधान गर्दै लैजाने बताए । पालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायत प्राथमिकतामा राखेर आगामी नीतितथा कार्यक्रम बनाएको जानकारी दिए । यस्तै पालिकाका  प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले पालिकाले यस आर्थिक वर्षमा ९८ प्रतिशत आर्थिक प्रगति गरेको बताए ।

विकास निर्माणका कामको गुणस्तरीयता मापन गर्नको लागि पालिकामै ल्यावको व्यवस्था गरिएको जानकारी दिदै गुणस्तरीयतामा कुनै सम्झौता नगरिने बताए । उनले प्रशासनीक काममा समेत धेरै सुधार भएको दावी गरे । कार्यक्रममा आठ वटै वडाका वडाअध्यक्षले आआफ्नो वडावासीले उठाएको प्रश्नको जवाफ दिएका दिए ।  

bhairahawa namuna.jpg

कार्यक्तममा शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने, नेपाली कांग्रेसका गाउंसभापति पदम भण्डारी, नेकपा एमालेका गाउंसमिटी सचिव लाला लोध, नेकपा माओवादी केन्द्रका गाउंकमिटी अध्यक्ष सन्त कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी गाउंकमिटीका हरि बहादुर कुवंर, लगायतले पालिकालाई नमुना पालिका बनाउन सबै पक्ष प्रतिवद्ध रहनु पर्ने बताए ।


लुम्बिनी चिन्तन

थप समाचार