Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्याब्सन सिद्धार्थनगरद्धारा एसइईमा उत्कृष्ठ अंक ल्याउने १ सय ५० जना विद्यार्थीलाई सम्मान


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८० मंगलवार
  • 532
    SHARES

प्याब्सन सिद्धार्थनगरद्धारा एसइईमा उत्कृष्ठ अंक ल्याउने १ सय ५० जना विद्यार्थीलाई सम्मान


भैरहवा साउन ९
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन सिद्धार्थनगरले एसइइ २०७९ मा उत्कृष्ठ अंक ल्याउने १ सय ५० जना विद्याथीलाई सम्मान गरेको छ ।

सोमबार भैरहवामा विषेश समारोहका बीच प्याब्सन सिद्धार्थनगरमा आवद्ध विद्यालयमा अध्ययनरत विभिन्न विद्यालयबाट ३ प्लस जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । विद्यार्थीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले विद्यार्थीहरुलाई असल व्यतिm बन्न संस्कारलाई पालना गर्न आग्रह गरे ।  

विश्व बजारमा विक्न सक्ने शिक्षा  निर्माणमा नीजि विद्यालयहरुको ठुलो भुमिका रहेको भन्दै गुणस्तरीय शिक्षाका साथै अतिरितm क्रियाकलापमा समेत विद्यालयले ध्यान पुर्याउनु पर्ने बताए । कार्यक्रममा नगरका उपप्रमुख उमा अधिकारीले व्यवहारिसक शिक्षामा जोड दिनुपर्ने बताईन् ।  व्यतिm कस्ता बन्ने कुरा विद्यार्थी जिवनबाटै तय हुने हुंदा सोही अनुसार भविश्य सोचेर विषय छान्नुपर्ने सुझाव दिईन् ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, उद्योग व्यवपार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, लगायतले विद्यार्थीलाई बधाई तथा शुभकामना व्यतm गरे ।

357721351_2562900933885123_8562548792716853715_n.jpg प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोख्रेलको अध्यक्षता तथा सचिव राजेन्द्र प्रसाद घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी, विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । एसईईमा भैरहवाको काशी नोवल एकेडमीका छात्र अमन वेल्वासेले ३.९५ जिपिए ल्याएर जिल्ला प्रथम हुन सफल भएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार