भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगरको अधिवेशनबाट सम्पन्न भएको छ । अधिवेशनले इञ्जिनियर चन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा ३२ सदस्यीय सिद्धार्थनगर नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शनिबार एक कार्यक्रमको बीच नगर अधिवेशनको घोषणा सभा कार्यक्रममा निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराइएको हो ।
श्रेष्ठको अध्यक्षतामा गठित नया समितिको सदस्यमा सञ्जु क्षेत्री, सागर प्रताप राणा, चन्द्रशेखर पाण्डे, बलराम शर्मा, गोपाल भण्डारी, उषा किरन गुरुङ, निर्मला चन्द, दुर्गा कुमारी श्रेष्ठ, संगिता गुरुङ, हरिश पौडेल क्षेत्री, लक्ष्मी गौतम सिंह, प्रदीप ध्वज राणा, कविता कार्की, रविन्द्रलाल श्रेष्ठ, केदार प्रसाद बरई, दिल बहादुर गुरुङ, सुमित्रा वि.के., अनुप थापा, अर्जुन थापा, युवराज तिमिल्सिना, कृष्ण बहादुर गुरुङ, राजेश कुमार ढकाल, छेदीलाल श्रीवास्तव, दीपक पाण्डे, ममता चौधरी, सुमन पौडेल, मेघराज पन्थी, ताहिरा खातुन, वृजेश यादव, रीता वि.क. र रामदवन कोइरी रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता दिलिप कुमार मल्लिकले सपथ गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले राजा र हिन्दु राष्ट मुलुकलाई आवश्यक रहेकोले त्यसको लागि राप्रपाले नेतृत्व गर्दै गरेको र पाउनुपर्ने बताए । देश अहिले अत्यन्तै संकटमा छ, जनताको माग पनि हिन्दु राष्ट्र भएकोले सनातन हिन्दूराष्ट्र नेपालको पुनःस्थापना गर्न आफूहरू लागि पर्ने बताए ।
कायत्रृ,ममा बोल्दै राप्रपा लुम्बिनी प्रदेशका प्रमुख प्रदीप कुमार उदय, केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अली, जिल्ला कार्यसमितिका अध्यक्ष सागर प्रताप राणा लगायतले संसद विघटन असंवैधानिक कदम भए पनि ताजा जनादेशमा जानुपर्ने, राजासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र संघीयताको खारेजी हुनुपर्ने बताए । प्राविधिक कारणले राप्रपा चुनावमा हारेकोले राप्रपासंग अरुको प्रतिष्पर्धा नदेखिएको बताउदै उनले निर्वाचित कार्यसमितिलाई आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे ।
राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष तथा वडा÷नगर अधिवेशन समिति संयोजक अजय कुमार गुप्ताको अध्यक्षता, सिद्धार्थनगर अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठको धन्यवाद ज्ञापन तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।