Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

फ्यूचर लाईटमा कोरियन भाषाको पाठ्यक्रम पढाईने


  • लुम्बिनी चिन्तन
  • पौष १२, २०८० बिहिवार
  • 392
    SHARES

फ्यूचर लाईटमा कोरियन भाषाको पाठ्यक्रम पढाईने

भैरहवा पौष ११/

भैरहवामा रहेको फ्यूचर लाईट हाई स्कूलमा कोरियन पाठ्यक्रम पढाईने भएको छ । नेपाल सरकारबाट स्विकृत पाठ्यक्रम अनुसार आगामी शैक्षिक सत्र देखि बिद्यालयमै कक्षा ९ देखि कोरियन भाषा सहितको पाठ्यक्रम सुरु गरिने बिद्यालयका सञ्चालकले जानकारी दिएका छन् । 

बुधबार बिद्यालयमा आयोजित एक कार्यक्रममा दक्षिण कोरियाको दूतावासले बिद्यालयलाई पाठ्यक्रममा आधारित कक्षा ९ को पुस्तकहरु हस्तान्तरण गरेको छ । नेपालमै पहिलो पटक पाईलट प्रोजेक्टको रुपमा रुपन्देहीको फ्यूचर लाईट हाई स्कूलबाट बिद्यालय स्तरमै कोरियन पाठ्यक्रम सुरु गरिएको हो । बिद्यालयका सञ्चालक गम्भिर गुरुङ्गले कक्षा १२ सम्मको अध्यापन क्रमश आफ्नै बिद्यालयबाट गराईने जानकारी दिए । 

यसले बिद्यार्थीहरुलाई भविष्यमा कोरिया अध्ययनको लागि जान अतिरिक्त भाषाको कक्षाहरु लिनुपर्ने झण्झट हट्ने उनले बताए । “हामीसंगै यसको अध्यापन गराउने दक्ष जनशक्ति छ, कोरिया सरकारसंगको सहकार्यमा शिक्षकहरु उत्पादन गरेका छौं ।” गुरुङ्गले भने “यस क्षेत्रमा अन्य बिद्यालयले कोरियन भाषाको पाठ्यक्रम सुरु गर्न खोजे उनिहरुलाई पनि शिक्षक उपलब्ध गराउन सक्छौं ।”

गुरुङ्गले आगामी बैशाख महिना देखि आफ्नै बिद्यालयका ३८ जना बिद्यार्थीहरुबाट कोरियन भाषाको पाठ्यक्रम सुरु गर्ने बताए । त्यसको लागि आवश्यक पर्ने पुस्तकहरु दक्षिण कोरिया दूतावासले उपलब्ध गराएको छ । बुधबार एक कार्यक्रमका बिच दूतावासकी काउन्सिलर किम युन्मी सुङले पुस्तक हस्तान्तरण गरेकी हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार