Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही लीलाराम न्यौपाने माविलाई पाँचकोठे भवन हस्तान्तरण


  • लुम्बिनी चिन्तन
  • माघ ११, २०८० बिहिवार
  • 454
    SHARES

रुपन्देही लीलाराम न्यौपाने माविलाई पाँचकोठे भवन हस्तान्तरण

भैरहवा, ११ माघ ।
लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ नारायणस्थानस्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयलाई नवनिर्मित पाँचकोठे भवन हस्तान्तरण गरेको छ । ६५ लाख २५ हजार रुपैयाँको लागतमा विद्यालयमा आवश्यक फर्निचरसहितको पहिलो तलामा निर्मित भवन हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले बताए ।

 

प्रतिष्ठानको संरक्षक कुन्तीदेवी न्यौपानेको सहस्रचन्द्रदर्शन (चौरासी पूजा) को अवसर पारेर बिहीबार भवन विद्यालयलाई हस्तान्तरण गरिएको न्यौपानेले बताए । उनले भने, ‘विद्यालयको जति प्रगति हुँदै जान्छ, त्यति नै हामीलाई खुशी लाग्छ ।’

प्रतिष्ठानका महासचिव विष्णुप्रसाद न्यौपानेले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिको कामना गरे ।

lilaram photo 11.jpg

कार्यक्रममा बोल्दै व्यासाचार्य किशोर कुमार गौतमले स्व. लीलाराम न्यौपानेले रुपन्देहीसहित विभिन्न जिल्लामा महत्वपूर्ण योगदान रहेको बताए । उनले स्व. लीलारामले सहयोग गरेर निर्माण भएका विद्यालयमा करोडौंको अक्षयकोष स्थापना भएको बताए । उनले भने, ‘लीलाराम न्यौपानेले नेपालमा मात्र नभएर बर्मामा पनि योगदान रहेको पाइयो । स्व. लीलाराम हामीमाझ नहुँदा अवश्य शून्यता छाएको छ, तर उहाँको पत्नी कुन्तीदेवी न्यौपाने र छोराहरुले निरन्तर सामाजिक क्षेत्रमा योगदान पुर्याइरहनुभएको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम ज्ञवालीले स्व. लीलाराम न्यौपानेले गरेका योगदानको जति प्रशंसा गरे पनि कमै हुने बताए । उनले लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको अतुलनीय योगदान रहेको बताए । उनले भने, ‘यो योगदानको हामी मूल्यांकन र कदर गरिरहनेछौं । आगामी दिनमा पनि न्यौपाने परिवारबाट सहयोगको अपेक्षा राख्दछौं ।’

1706188972-o0q34.jpgविद्यालयका प्रधानाध्यापक रुप कुमार रायमाझीले लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै शैक्षिक गुणस्तर सुधारका लागि अक्षयकोष स्थापना समेत गरेको बताए ।

वि.सं. २०१२ सालमा स्थापना भएको रुपन्देही लीलाराम न्यौपाने माविमा हाल २ हजार ३ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।


लुम्बिनी चिन्तन

थप समाचार