Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चिकित्सा शिक्षा आयोगः १२ को परीक्षा दिएर बसेका विद्यार्थीले एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुनुपाउने


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०८१ बुधवार
  • 296
    SHARES

चिकित्सा शिक्षा आयोगः १२ को परीक्षा दिएर बसेका विद्यार्थीले एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुनुपाउने

भैरहवा, असार  ५  । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो । आयोगका सहसचिव कृष्ण प्रसाद काप्रीले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपथ्र्यो । ‘यसभन्दा अगाडि १२ कक्षाको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले प्रवेश परीक्षा लामो समयसम्म  कुनुपर्ने भएकोले अब कक्षा १२ को नतिजा नआइसकेको भए पनि हामीले भदौमा हुने परीक्षामा सहभागी पाउने व्यवस्था मिलाएको आयोगले जनाएको छ । 
एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि (पहिलो संसोधन) २०७० को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।MEC.jpg


लुम्बिनी चिन्तन

थप समाचार