Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सीडीओहरुलाई गृहको निर्देशन: राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्नु


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०८१ सोमवार
  • 386
    SHARES

सीडीओहरुलाई गृहको निर्देशन: राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्नु

भैरहवा, असार १० । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई एक विज्ञप्ति जारी गदै निर्देशन दिएको छ । सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न निर्देशन दिएको हो । ।सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई गृह मन्त्रालयका प्रवक्ता सहसचिव भट्टराईले विज्ञप्ति प्रकाशन गरेर त्यस्तो निर्देशन दिएको हो । स्थानीय तहसँग समन्वय गरेर विवरण दर्ता स्टेशन पनि थप गर्न प्रजिअहरुलाई मन्त्रालयले अधिकार प्रदान गरेको छ । भदौ मसान्तसम्ममा परिचयपत्र लिएर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गरेमा साउन १ देखी लाभग्राहीले भत्ता पाउँछन् । आफ्नो हेरचाह आफैँ गर्न नसक्नेहरू, असहाय र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक नपर्ने पनि मन्त्रालयले जानाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार