भैरहवा, असार १० । आइतबार भैरहवामा आयोजित नगर सभाको १६औं अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजिनक गरेका हुन् । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृति, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।
पालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याएको हो । उपप्रमुख अधिकारीले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानिकरण अनुदानमा १८ करोड २८ लाख, ससर्त अनुदानबाट २८ करोड १२ लाख ६७ हजार, समपुरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान १ करोड ६० लाख, राजस्व बाँडफाँड ११ करोड ८ लाख १ रुपैयाँ र प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ३० लाख ९२ हजार प्राप्त हुने बताइन् ।
यस्तै, सशर्त अनुदान १ करोड १० लाख ६२ हजार, समपुरक अनुदान १ करोड ५ लाख, विशेष अनुदान २० लाख, राजश्व बाँडफाड ७७ लाख ९ हजार, मालपोत कार्यालयबाट प्राप्त हुने राजश्व बाँडफाडको रकम ५ करोड ५० लाख, आन्तरिक राजस्व २४ करोड ९५ लाख, अनुमानित बैंक मौज्दात ८ करोड ७८ लाख २३ हजार ९ सय ९९ गरी नगरपालिकाले जम्मा १ अर्ब ४ करोड २५ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
नगरका हाल कार्यान्वयनका क्रममा रहेका क्रमागत तथा बहुवर्षीय योजनाहरु सम्पन्न गर्नका लागि कुल ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरभित्र स्मार्ट स्ट्रिट लाइट जडान, वडास्तरीय योजना छनोटका लागि १० करोड ६८ लाख, ल्यणडफिल्ड साइल पूर्वाधार निर्माणमा १५ लाय विनियोजन गरिएको छ ।. नगरपालिकाको वडा नं. २ मा रहेको बहिरा बाल माविको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकार विशेष अनुदानबाट १ करोड ६० लाख विनियोजन गरेको छ ।
नगरपालिकाको प्रशासनिक भवनको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट समपुरक अनुदानबाट १ करोड ५० लाख र नगरपालिकाको सहभागिता १ करोड ५० लाख गरी कुल जम्मा ३ करोड विनियोजन गरिएको छ । त्यसैगरी वडा नं ११ मा छाडा चौपाया व्यवस्थापनका लागि कान्जि हाउस निर्माण, शवदाह स्टल निर्माण र पार्क निर्माणका लागि प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड ५ लाख र नगरपालिकाको सहभागिता १ करोड ५ लाख गरी कुल जम्मा २ करोड १० लाख विनियोजन गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
नगरपालिका भित्र जीर्ण भएका सडकहरुको मर्मतसम्भारका लागि सडक बोर्ड नेपालबाट संचालन हुने मर्मतसम्भार कार्यक्रमका लागि नगरपालिकाको सहभागिता ५० लाख हुने व्यवस्था गरिएको छ । यसै कार्यक्रम अन्तर्गत सडक ग्राभेल तथा बेसकोर्स निर्माणका लागि १५ लाख विनियोजन गरिएको छ । साथै मर्मत सम्भार कोषवाट विभिन्न पूर्वाधार मर्मतका लागि १५ लाख विनियोजन गरिएको छ । वडास्तरीय योजनाको लागि रू.१० करोड ६८ लाख ५० हजार विनियोजन गरिएको छ ।
वडा नं. १ का लागि रू. ८९ लाख ५० हजार, वडा नं. २ का लागि रु. ७६ लाख ५० हजार, वडा नं. ३ का लागि रू. ९० लाख ५० हजार, वडा नं. ४ का लागि रू. ८४ लाख ५० हजार, वडा नं. ५ का लागि रू. ६३ लाख, वडा नं. ६ का लागि रू. ९५ लाख, वडा नं ७ का लागि रू. ७५ लाख, वडा नं. ८ का लागि रु ९७ लाख, वडा नं. ९ का लागि रु. ९६ लाख ५० हजार, वडा नं. १० का लागि रू. ७८ लाख, वडा नं. ११ का लागि रू. ७२ लाख, वडा नं १२ का लागि रू. ७६ लाख र बडा नं १३ का लागि रू. ७५ लाख विनियोजन गरिएको छ । सो रकम वडाका अत्यावश्यक पूर्वाधारहरु, आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन तथा सुशासन र संस्थागत विकासमा खर्च हुनेछ ।