Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आस्था महिला उद्यमी संघको आयोजनामा भैरहवामा सञ्चालित १० दिने वाध्यवादन तालिम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८१ आइतवार
  • 866
    SHARES

आस्था महिला उद्यमी संघको आयोजनामा भैरहवामा सञ्चालित १० दिने वाध्यवादन तालिम सम्पन्न

भैरहवा, साउन २० । आस्था महिला उद्यमी संघ सि.न.पा–९, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित १० दिने वाध्यवादन तालिम आइतबार सम्पन्न भएको छ । सिद्धार्थनगर–९ उदयपुरस्थित चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको सभाहलमा सञ्चालित तालिममा ७५ जनाको सहभागीता रहेको संघकी अध्यक्ष मिनिता थापा क्षेत्रीले बताइन् ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पछिल्लो समय महिलाहरु धेरै ठाउँमा अघि बढिरहेको बताइन् । उनले महिलाले नेतृत्व गरेको संस्था झनै सफल हुन्छ भन्ने विश्वास बढ्दै गएको बताइन् ।

आस्था उद्यमी महिला संघ रुपन्देहीकी अध्यक्ष मिनिता थापा क्षेत्रीले तालिम निकै फलदायी र उपयोगी भएको बताइन् । उनले सीप सिक्न उमेरले नरोक्ने बताइन् । उनले लोप हुन लागेको कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

चेम्बर अफ कमर्श लुम्बिनीका कार्यसमिति सदस्य खिम बहादुर खत्रीले तालिममा सिकेको सीप सिकेर व्यवहारमा उतार्न आग्रह गरे ।

चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले यस्ता तालिमले सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले आस्था महिला उद्यमी संघले महिलाहरुलाई आत्मनिर्भर बनाउने काम गरेको बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेल, आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी संस्थापक अध्यक्ष विन्दु न्यौपाने, जयसवाल महिला समिति सिद्धार्थनगरकी अध्यक्ष पुनम जयसवाल, प्रशिक्षक किशोर वि.क., प्रशिक्षार्थी लत्ता प्रधान, गोविन्द गुरुङ लगायतले भनाइ राखेका थिए ।

 

आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी सचिव उषा अधिकारी बेल्बासेको स्वागत, चेम्बर अफ कमर्श रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीको धन्यवाद ज्ञापन तथा आस्था महिला उद्यमी संघकी महासचिव पवि खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार