Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अन्तर्राष्ट्रिय नारी दिवसमा सिद्धार्थनगर नगरपालिकाको प्रभातफेरी कार्यक्रम, एकजना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरुलाई सम्मान


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०८१ शनिवार
  • 456
    SHARES

अन्तर्राष्ट्रिय नारी दिवसमा सिद्धार्थनगर नगरपालिकाको प्रभातफेरी कार्यक्रम,   एकजना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरुलाई सम्मान

भैरहवा, फागुन २४ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् ।


रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि शनिबार बिहान महिला  दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । 
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँको अध्यक्ष्ता रहेको थियो भने लुम्बिनी सभा सदस्य हेमा बेलबासेको प्रमुख आथित्यतामा कार्यक्रम समपन्न भएको थियो । 


कर्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी सभा सदस्य हेमा बेलबासे नारी दिवस शुभकामना दिदै यो दिवस पर्वको रुपमा नाउदै आएको बताएकी छन । “महिलाहरुले पहिला आफुमा सुधार ल्याउनु आवश्यक छ, अनि घर,समाज, बल्ल देश परिवर्तन हुन्छ ।” उहाँ भन्नु भयो । 


यसैगरी, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले महिलाहरुले आफ्नो हक अधिकारको लागि लड्न सधै अघिसर्न आवश्यक रहेको बताएका छन । महिलाहरुलाई संविधानले दिएको हक अधिकारको भरपुर फाइदा लिनका लागि प्रमुख खाँले आग्रह गर्नु भयो । 

IMG_20250308_080141_591.jpg
कार्यक्रममा बोल्दै  सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले महिलाहरुले आफ्नो अधिकार मात्र खोज्ने होइन कि आफ्नो कर्तव्य पनि पुरा गर्नु आवश्यक रहेको बताएकी छन । 


यसैगरी सामाजिक अभियान्ता तथा नमुना एकिकृत विकास परिषका सदस्य ज्ञानु पौडेलले महिलाहरु हरेक पक्षमा अगाडी हुनु आवश्यक रहेको बताएकी छन । महिलाहरुले आट्यो भने कुनै कुरापनि असम्भव छैन अभियान्ता पौडेलले भन्नु भयो । 


नगरपालिकाले महिला दिवसको अवसरमा एकजना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरुलाई दोसल्ला ओढाई, प्रमाणपत्र र खाद्यान्न समेत वितरण गरेको थियो । 

481780206_670355342337215_5257352996497243084_n.jpg
विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तित्वहरुको उपस्थिति नगरपालिकाले बिहान देवकोटा चोकबाट प्रभातफेरी ¥याली निकाल्दै सिद्धार्थनगर नगरपालिकको प्रङ्गणमा आएर सम्पन्न भएको गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार