भैरहवा ,असार १४ गते । सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर एकको आयोजनामा पक्लिहवा माध्यमिक विद्यालय ,सिद्धार्थनगर, पक्लिहवा वार्ड नम्बर एकमा एक कार्यक्रमका बीच बालमैत्री सिकाइको लागि सहयोग पुर्याउने उद्देश्यले १६ थान स्पिकर माइक हस्तान्तरण गरिएको छ। विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता , वार्ड अध्यक्ष उज्ज्वल पोखरेलको प्रमुख आतिथ्य एवम् वार्ड सदस्य हरिमाया गुरुङ र असर्फी हरिजनको विशेष आतिथ्य रहेको सो कार्यक्रममा माइक हस्तान्तरण गर्दै एक नम्बर वडामा रहेको पक्लिहवा माविमा अध्ययन गर्ने अधिकांश बालबालिका न्यूनआर्थिक अवस्थाले गर्दा पनि घरमा पढ्ने वातावरण नभएको गुनासो गर्नुभयो । यस्तो अवस्थामा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पठनपाठन एवम् सिकाइमा थप प्रविधिको प्रयोग गरी पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कक्षा कोठाको शिक्षण प्रविधिमैत्री हुने विचार व्यक्त गर्नुभयो । मन्तव्य कै क्रममा प्रमुख अतिथि पोखरेलले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने धारणा व्यक्त गर्नुभयो । सहायक प्रधानाध्यापक शेरबहादुर थापाको स्वागत र शिक्षक देवीप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी यामबहादुर थापा ,शक्ति गुरुङ , बालक्लबका विद्यार्थीहरू एवम् विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।