Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

पुन: ऊर्जा मन्त्री मै नियुक्त फणीन्द्र देवकोटा


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०८१ आइतवार
  • 302
    SHARES

पुन: ऊर्जा मन्त्री मै नियुक्त फणीन्द्र देवकोटा

भैरहवा, आसार १६ । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा पुनः मन्त्री नियुक्त भएका छन् । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटाले सपथ पनि लिइसकेका छन् । गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो। कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो।


लुम्बिनी चिन्तन

थप समाचार