Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एसईईको पूरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८१ सोमवार
  • 302
    SHARES

एसईईको पूरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने

भैरहवा, असार १७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षा  मिति सरेको छ । उक्त परिक्षा साउन २३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 
यसअघि परीक्षाफल सार्वजनिक गरिएको दिन बोर्डले दुई विषयमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने जनाएको थियो । तर शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई पनि परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको हो । साउन २३ गते सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पूरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । गत बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार नन ग्रेडेड अर्थात् अनुत्तीर्ण दुई लाख ४२ हजार ३ सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन । बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको हो ।। 


लुम्बिनी चिन्तन

थप समाचार