Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शिक्षामन्त्रीको अठोट : शिक्षा क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्छु बरु प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८१ सोमवार
  • 348
    SHARES

शिक्षामन्त्रीको अठोट : शिक्षा क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्छु बरु प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न

भैरहवा, असार १७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् । उनले दलीय राजनीतिकरणले गर्दा त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगको अन्तवार्तामा प्रहरी राखेर गर्नुपरेको बताइन् । तसर्थ, दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदासम्म यो अवस्था रहन्छ शिक्षामन्त्री श्रेष्ठले भनिन्, ‘बरु म प्रहरी राखेर अन्तर्वार्ता गर्छु, राजनीतिकरण सहन्न ।


लुम्बिनी चिन्तन

थप समाचार