Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनको आयोजनामा सिद्धार्थ सडक खाना महोत्सव सम्पन्न (फोटो फिचर)


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०८१ मंगलवार
  • 462
    SHARES

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनको आयोजनामा सिद्धार्थ सडक खाना महोत्सव सम्पन्न (फोटो फिचर)


भैरहवा बैशाख १
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा नयाँ वर्ष २०८१ को स्वागतार्थ सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ सम्पन्न भएको छ । 
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा बिभिन्न संघसंस्थाहरुको समन्वयमा सडक खाना महोत्सवको सम्पन्न भएको संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले जानकारी दिए । 
भैरहवाको आखा अस्पताल रोडमा आयोजना भएको सडक खाना महोत्सवमा बिभिन्न प्रकारका खानाका परिकारहरु संगै सांड.गितिक कार्यक्रम भएका थिए । आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले सडक खाना महोत्सव आयोजना गरिएको होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ का संयोजक पिताम्बर न्यौपानेले बताए । 

aan.jpg
सडक खाना महोत्सवमा बिभिन्न स्थानिय खानाको परिकार संगै तारे होटल सम्मका ६० बढी स्टलहरु रहेका थिए ।  
चैत्र ३० गते सांझ ६ बजे बाट सुरु भएको सडक खाना महोत्सवमा सांस्कृतीक कार्यक्रम अन्तरगत , नृत्य , डिजे लगायत रहेको थियो । 
खाना महोत्सवमा  २०८० सिद्धार्थनगर नगरपालिका र मदिरा व्यवसायी संघ, भैरहवा रुपन्देही  सहआयोजक रहेका थिए । त्यसैगरी प्रायोजकमा गोर्खा ब्रुरुअरी इन्डस्ट्रिज प्रा लि , सह–प्रायोजकमा जावलाखेल इन्डस्ट्रिज प्रा लि , प्रवर्द्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय ÷ पर्यटन विकाश परिसद लुम्बिनी प्रदेश , नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप, काठमाडौँ ,  पर्यटन डिभिजन कार्यालय, भैरहवा, रुपन्देही रहेका थिए । 

cccc.jpg
त्यसैगरी संरक्षक संस्थाहरुमा उद्योग व्यापार संगठन रुपन्देही  , होटल व्यवसायी महासंघ, नेपाल , होटल व्यवसायी महासंघ, लुम्बिनी प्रदेश  , सल्लाहकार संस्थाहरुमा  सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा रुपन्देही , सिद्धार्थ संजाल, रुपन्देही रहेका थिए ।

ddd.jpg

त्यसैगरी सहयोगी संस्थाहरुमा नाटा लुम्बिनी प्रदेश , सिद्धार्थ होटेल एसोशिएशन (शान), लुम्बिनी होटल संघ, रुपन्देही , लुम्बिनी प्रेस क्लब, भैरहवा , सोट्टो नेपाल रुपन्देही , लुम्बिनी मनि चेन्जर संघ रुपन्देही , सिद्धार्थ सार्वजनिक यातायात प्रा. लि. रुपन्देही , सिद्धार्थ यातायात प्रा. लि. रुपन्देही ,आस्था महिला उद्यमी संघ, भैरहवा , डिपि स्टुडियो र युनिक साउण्ड सिस्टम रहेको थियो । 
सडक खाना महोत्सवको उद्धघाटन सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तीयाक अहमद खानले गरेका थिए ।

eeee.jpgसंगठनका अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका उप–प्रमुख उमा अधिकारी , नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाण्डौका कार्यालय अधिकृत प्रज्ञा घिमिरे , होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपमहासचिव राजेश महोत्रा  , होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ , चेम्बर अफ कर्मश रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ , सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष एवम् होटल तथा रेष्टुरेण्ट व्यवसायि संगठन रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवाली  ,  सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार  श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । महोत्सवमा २० हजार बढीको सहभागीता रहेको आयोजकले जनाएको छ । 

bbbb.jpg


लुम्बिनी चिन्तन

थप समाचार