Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८१ आइतवार
  • 334
    SHARES

बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने

भैरहवा, असार २३ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने भएका हुन् ।विश्वासको मत लिने मिति भने एमालेका मन्त्रीहरूको राजीनामा पछि तय गरिने बैठकले निर्णय गरेको छ । यता एमालेका मन्त्रीहरूले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन् । एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राजीनामा पछि एमालेले नयाँ गठबन्धन अनुसार कांग्रेससँगको गठबन्धनमा सरकार गठनको तयारी गर्ने जनाइएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार