भैरहवा, असार २८ । प्रतिनिधि सभा बैठकमा सांसद प्रभु साहले नारायणगढ–मुग्लिन सडकमा गएको पहिरो र त्यसमा परी दुइटा बस त्रिशूली नदीमा खसेको घटनाबारे सरकारसँग जवाफ मागेका छन्। शुक्रबार बिहान बैठकमा बोल्दै साहले दुर्घटना भएको ८ घन्टा बितिसक्दा पनि दुर्घटनामा परेको बस र त्यसमा सवार यात्रुबारे नखुलेकाले त्यसबारे सरकारसँग जवाफ मागेका हुन्। ’८ घन्टा भइसक्यो । न दुर्घटना भएको बस पत्ता लागेको छ, न यात्रु। सरकार यति नीरिह र कमजोर बनेको हो ?,’ उनले भने। बसमा सवार यात्रुहरूको खोजी र उद्धारको विषयमा भइरहेको कामहरू प्रधानमन्त्रीले संसदलाई जानकारी गराउन पनि आग्रह गरे।