Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

खतराको संकेत देखिएका जिल्लामा रात्रि बस चल्न नदिने गृह मन्त्रालयको निर्णय


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०८१ शुक्रवार
  • 330
    SHARES

खतराको संकेत देखिएका जिल्लामा रात्रि बस चल्न नदिने गृह मन्त्रालयको निर्णय

भैरहवा, असार २८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस चल्न नदिने निर्णय भएको बताए।‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको छ,’ उनले भने, ‘सबैतिर रात्रिकालीन सवारी बन्द गर्ने होइन। रेड ट्राभल एड्भाइजरी जारी जिल्ला र क्षेत्रमा तत् तत् बेला सवारी नचलाउने हो।’पहिरो जाने र डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने पनि गृहको निर्णय छ। बाढी, पहिरोबाट ३८ जिल्ला प्रभावित भएको गृहमन्त्री लामिछानेको भनाइ छ। बाढी पहिरोबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको उनले बताए। 


लुम्बिनी चिन्तन

थप समाचार