Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८१ आइतवार
  • 602
    SHARES

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा

भैरहवा , साउन ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आइतबार दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् ।  सो अवसरमा बोल्दै उनले आफू काम चलाउनमा एकछिन पनि बस्न नसक्ने बताउँदै छिटो सरकार गठनका लागि आग्रह गरे । अब बन्ने सरकारलाई शुभकामना व्यक्त गर्दै उनले छिटो सरकार गठन गरी मन्त्रीपरिषदलाई पूर्णता दिन आग्रह गरे । केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार