Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश


  • लुम्बिनी चिन्तन
  • श्रावण ७, २०८१ सोमवार
  • 410
    SHARES

चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश

भैरहवा, साउन ०७ । नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमती बमोजिम लुम्विनी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गरिएको हो। मुख्यमन्त्री जोख बहादुर महराले आईतवार राजिनामा बुझाए संगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमवार सांझ ६ बजे सम्मको समय सिमा दिएर आव्हान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयभित्र एमाले र कांग्रेसका ५६ सांसदहरूले आचार्यलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रुपमा रहेको नेकपा एमालेसंग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक  गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्।लुम्विनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले दुई दल मिल्दा मात्रै पनि लुम्विनी प्रदेश सरकार बनाउन प्रयाप्त बहुमत पुग्छ तर नया सत्ता समिकरणमा नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोकतान्त्रीक समाजबादी पार्टीका ३ जना र जनता समाजबादी पार्टीका ३ जना गरी थप १० जना सांसद छन्। लुम्विनी प्रदेशमा तेश्रो ठुलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्र यस पटक प्रतिपक्षीको भुमिकामा रहने छ। नेकपा माओवादी केन्द्र संग ७ जना प्रत्यक्ष र ३ जना समानुपातीक गरी सभामुख बाहेक १० जना सांसद रहेका छन्। राष्टिय प्रजातन्त्र पार्टीका ४ जना, राष्ट्रिय जनमोर्चाकाका १ तथा एकिकृत समाजबादी पार्टीका १ जना र स्वतन्त्र १ जना सांसद पनि लुम्विनी प्रदेशमा प्रतिपक्षी सांसदको रुपमा रहने छन्। 


लुम्बिनी चिन्तन

थप समाचार