Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त


  • लुम्बिनी चिन्तन
  • श्रावण ७, २०८१ सोमवार
  • 450
    SHARES

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

भैरहवा, साउन ०७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन्। एमाले संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि  नयाँ सरकार गठनका लागि २४ घण्टा भित्र दावी पेश गर्न प्रदेश प्रमुखले समय दिएका थिए। कांग्रेस–एमालेको गठबन्धनबाट आचार्यले मुख्यमन्त्रीमा सोमबार दिउँसो दावी पेश गरेपछि प्रदेश प्रमुखले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री भइसकेका छन्।


लुम्बिनी चिन्तन

थप समाचार