भैरहवा, साउन ०९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनियताको शपथ लिएसँगै नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । नव नियुक्त सबै मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ खाएका छन् । नवनियुक्त आठै जना मन्त्री विना विभागिय हुन् । नवनियुक्त मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।
आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका थिए । आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ । अर्घाखाँचीबाट निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बनेका थिए ।
यी हुन् लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीः
१. भूमिश्वर ढकाल
२. दिनेश पन्थी
३. बादशाह कुर्मी
४. धनेन्द्र कार्की
५. सरोज थापा
६. प्रचण्ड विक्रम न्यौपाने
७. खेम बहादुर सारु
८. सीता शर्मा