Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एमाले संसदिय दलको नेता र प्रमुख सचेतकले दिए राजिनामा


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८१ बुधवार
  • 322
    SHARES

एमाले संसदिय दलको नेता र प्रमुख सचेतकले दिए राजिनामा

भैरहवा, साउन ०९ । लुम्बिनी प्रदेशमा एमाले संसदिय दलको नेता र प्रमुख सचेतकले राजीनामा दिएका छन्। दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि एमाले नेता कार्यकर्ता असन्तुष्ट थिए।बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लील गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजिनामा दिएका हुन्।  संसदीय दलका नेता तथा पार्टी पोलिटब्युरो सदस्य लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको एमालेले एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको थियो।गिरीले दलको उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय आएपछि नै दलको नेताबाट राजिनामा दिने भन्दै एमाले अध्यक्ष केपी शर्मालाई फोन गरेका थिए।जवाफमा ओलीले तपाईलाई न्याय हुन्छ राजिनामा नदिनुस् भनेपछी मंगलबार अबेर सम्म रोकिएका थिए। तर मंगलबार राजिनामा पठाएको गिरी निकट श्रोतले जानकारी दियो। गिरी सँगै प्रमुख सचेतक तुलसी चौधरीले पनि राजिनामा दिएका हुन्। दलको नेताले राजीनामा दिएमा प्रमुख सचेतक पनि स्वतः हट्ने वैधानिक व्यवस्था छ। गिरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन्।


लुम्बिनी चिन्तन

थप समाचार