Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे आज भएन निर्णय


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८१ बुधवार
  • 276
    SHARES

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे आज भएन निर्णय

भैरहवा, साउन ०९ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाई समितिले थप छलफल गर्नुपर्ने आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको समितिको बैठकमा प्रधानबारे समितिले गोप्य बैठकमा छलफल गरेको थियो । तर उनको नियुक्तिबारे कुनै निर्णय गरेन ।निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे आज निर्णय भएनप्रधानका विषयमा अर्को बैठकले निर्णय गर्ने समितिकी सदस्य समेत रहेकी एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् । ’आजको बैठकमा उहाँको कार्ययोजना सुन्यौँ । त्यसपछि सामान्य छलफल भयो । अब अर्को बैठकबाट निर्णय हुन्छ,’ उनले भनिन् ।बुधबारको बैठकमा प्रधानले कार्ययोजना प्रस्तुत गरेपछि पत्रकारहरुलाई समेत बैठककक्षबाट बाहिर निकालिएको थियो । त्यसपछि गोप्य बैठकमा प्रधानमाथि लागेको यौन शोषणको आरोपका सम्बन्धमा छलफल भएको थियो ।प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत रहँदा सहकर्मीलाई यौन शोषण गरेको आरोप छ । पीडित महिला आफैँ समितिमा आएर प्रधानले गरेको शोषणबारे जानकारी दिएकी थिइन् । तर सो मुद्दा अदालतबाट कानूनी प्रक्रियामै टुंगिसकेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार