Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने


  • लुम्बिनी चिन्तन
  • श्रावण १३, २०८१ आइतवार
  • 302
    SHARES

बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने

भैरहवा, साउन १३ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।नेपाली कांग्रेस र एमालेको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए । १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसबाट थप एक मन्त्री थप गरिएको छ । मदुकुमार श्रेष्ठ विना विभागीय मन्त्री छन् ।


लुम्बिनी चिन्तन

थप समाचार