Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी, कुन मन्त्रीले के पाए ?


  • लुम्बिनी चिन्तन
  • श्रावण १८, २०८१ शुक्रवार
  • 578
    SHARES

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी, कुन मन्त्रीले के पाए ?

भैरहवा, साउन १८ । लुम्बिनी  प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ ।  आज लुम्बिनी  प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै  मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो । जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय , दिनेश पन्थीले  कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना,  सरोज  थापाले  सहरी  विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै खेम बहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार