Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कर्णालीका मुख्यमन्त्री कँडेलले सोेमबार विश्वासको मत लिने


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८१ आइतवार
  • 394
    SHARES

कर्णालीका मुख्यमन्त्री कँडेलले सोेमबार विश्वासको मत लिने

भैरहवा, साउन २० । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार (साउन २१ गते) विश्वासको मत लिने भएका छन् । कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा कांग्रेस– एमालेको नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा काँग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार