Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्तिवाट अभद्र व्यवहार गरियो: सोबिता गौतम


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०८१ सोमवार
  • 438
    SHARES

राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्तिवाट अभद्र व्यवहार गरियो: सोबिता गौतम

भैरहवा, साउन २१ । रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् । उनले निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था निरिक्षण गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको बताएकी हुन् । मूलपानी क्रिकेट रंगशालानजिकै पहिरोको अवलोकन गरेर फर्कंदा युवाको समूहले दुर्व्यवहार गरेको उनले जानकारी गराइन् । “फर्केर आउँदा म र स्वकीयसचिव थियौँ । १५–२० जना साथीहरू जम्मा हुनुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो । कोही गाँजाको नशाामा लट्ठ हुनुहुन्थ्यो । कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । एकाएक घेर्न थाल्नुभयो । तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने रु भनेर प्रश्न गर्न थाल्नुभयो,” उनले सुनाइन् । उनले युवाले आफूलाई घेरेर फोहोरी शब्द बोलेको बताइन् । नम्रशैलीमा आफ्ना कुरा राख्न आग्रह गर्दा पार्टीगत आक्षेप लगाइएको उनले बताइन् । उनले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्। उनले आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँ खाली स्थान छ भन्दै डराउँदै हिँड्नुपर्ने हो रु भनि थप प्रश्न गरिन् ।ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ१ युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइनरु के यो जंगली प्रकारको भएनरु’ उनले प्रश्न गरिन्।


लुम्बिनी चिन्तन

थप समाचार