Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ द्धारा आर्थिक बर्ष २०८१र८२ को स्वीकृत कार्यक्रम सार्बजनिक


  • लुम्बिनी चिन्तन
  • भाद्र १०, २०८१ सोमवार
  • 354
    SHARES

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ द्धारा आर्थिक बर्ष २०८१र८२ को स्वीकृत कार्यक्रम सार्बजनिक


भैरहवा भदौ १०/
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ भैरहवाले आर्थिक बर्ष २०८१र८२ को स्वीकृत बार्षिक कार्यक्रम सार्बजनिकिकरण गोष्ठी सम्पन्न गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेको अध्यक्षता तथा जिल्ला समन्वयन एकाइका प्रमुख उमाकान्त चापाइ को प्रमुख आतिथ्यतामा सन्चालन भएको गोष्ठीमा , कृषि अधिकृत सौरज बिश्वकर्मा ले आर्थिक बर्ष २०८०र८१ को कार्य प्रगति बिबरण साथै आर्थिक बर्ष २०८१र८२ को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिकरण गरेका थिए । 
गोष्ठीमा कसरी कृषिमा गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा छलफल साथै उत्पादित बस्तुलाइ बजारिकरण , कृषि आधुनिकिकरण कसरि गर्न सकिन्छ, आयात घटाएर निर्यातमा कसरी वृद्धि गर्न सकिन्छ , हानिकारक मासुजन्य तथा तरकारी जन्य बस्तुलाइ कसरि निरुत्साहित गर्न सकिन्छ भन्ने कुरामा बिभिन्न सस्थाका प्रमुखहरु बिच छलफल भएको थियो ।
गोष्ठीमा  कृषक,  कृषी ज्ञान केन्द्रका प्रमुख , पशु क्वारेन्टाइन तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख लगायत बिभिन्न संघ सस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार