रुपन्देही, १२ भदौ । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।सपथग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाण केसी लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ वमोजिम खनाललाई सपथग्रहण गराइएको थियो ।मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो ।