भैरहवा, भदौ १६ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् ।अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए । ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो ।उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए । सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे ।