Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा २३ औं जिल्ला सम्मेलनको पूर्व अर्थमन्त्री पुन द्वारा उद्घाटन, जनपक्षीय काम गर्दा सरकार ढालिएको पुनको आरोप


  • लुम्बिनी चिन्तन
  • भाद्र १९, २०८१ बुधवार
  • 472
    SHARES

भैरहवामा २३ औं जिल्ला सम्मेलनको पूर्व अर्थमन्त्री पुन द्वारा उद्घाटन, जनपक्षीय काम गर्दा सरकार ढालिएको पुनको आरोप

भैरहवा, भदौ १९ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रूपन्देहीको मंगलबार भैरहवामा २३ औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले २३ औं जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् । उनले कार्यक्रममा बोल्दै भने जनपक्षीय काम गरेका कारण प्रचण्ड नेतृत्वको सरकार ढालिएको बताए । सरकारले जनताको पक्षमा काम गर्न थालेपछि सरकार ढाल्ने योजना बनेको उनले बताए । सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गर्दै नेता पुनले भुटानी शरणार्थी लगायतका ठूला काण्डहरूको छानबीन गरेर दोषीलाई कारवाही गर्न थालेपछि नेपाली काँग्रेस र नेकपा एमाले आत्तिएर सरकार ढालेको आरोप लगाए ।  ‘सरकार किन ढालियो सबैलाई थाहा नै छ हामीले चाह्यौं भने सरकार फेर्न सक्छौं । तर, हामी सरकार फेर्ने पक्षमा छैनौं । हाम्रो ध्यान संगठन निर्माणमा छ, ’उनले भने । त्यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्व कृषिमन्त्री चक्रपाणि खनालले दशवर्षे जनयुद्ध पृथ्वीनारायण शाहले गरेको राज्य एकीकरण पश्चात् ठुलो घटना भएको बताए । जनयुद्धका कारण महिला, दलित लगायत पछाडि पारिएको जर्ग क्षेत्र र समुदाय राज्यको मूल प्रवाहमा पुग्न सकेको उनले दावी गरे । वर्तमान संविधान जनयुद्धकै दस्तावेजीकरण भएको उनको भनाइ छ । जनयुद्धको दस्तावेजलाई पाठ्यक्रममा उल्लेख गर्ने जिम्मा अखिल (क्रान्तिकारी) को भएको उनले बताए ।विद्यार्थी आन्दोलनलाई उत्पादनसँग जोड्न आग्रह गर्दै दैनिक सयौंको संख्यामा बाहिरिने विद्यार्थीलाई रोक्ने मार्गमा अग्रसर हुन सुझाए ।


लुम्बिनी चिन्तन

थप समाचार