Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

 काङ्ग्रेस रुपन्देहिले म्यारथन प्रतियोगितामा गर्दै


  • लुम्बिनी चिन्तन
  • भाद्र २०, २०८१ बिहिवार
  • 482
    SHARES

 काङ्ग्रेस रुपन्देहिले म्यारथन प्रतियोगितामा गर्दै

भैरहवा, भदौ २० ।  नेपाली काङ्ग्रेस रुपन्देहिले यहि भदौ २४ गते भैरहवामा खुल्ला मिनि म्यारथन प्रतियोगिता गर्ने भएको छ । 

१११औं विपि जन्म जयन्तीको अवसरमा  ’खुल्ला मिनि म्याराथन प्रतियोगिता’ आयोजना गरिएको नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले जानकारी दिए । युवाहरुमा खेल क्षेत्र प्रती उत्साह जगाउदै खेलको विकास एबम प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । 

पाँच किलोमिटरको प्रतियोगिता एयरपोर्टबाट सुरु भै लुम्बिनी रोड, बुद्धचोक, ब्रमेलिटोल, नारायथान हुदै मिलनचोक आएर समापन हुनेछ कार्यक्रम सयोजक ओम कुमार श्रेष्ठले जानकारी दिए । प्रतोयोगित बिहान ६ः३० देखि सुरु हुनेछ ।eb4eaa44-347c-4388-b69e-2641edf966be.jfif

प्रतियोगितामा खुल्ला र महिला तर्फक बिजेताले अलग अलग पुरस्कार पाउने छन ।

खुल्ला तर्फ प्रथम पुरुस्कार रु. १० हजार र मेडल, द्वितीय पुरस्कार रु.५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरु २ जनालाई  रु. १ हजार ५ सय र मेडल दिइने छ । 

त्यसैगरी महिला तर्फ प्रथम पुरुस्कार रु. १० हजार तथा मेडल, द्वितीय पुरस्कार रु.५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडलको ब्यवस्था गरिएको प्रतियोगिता सयोजक श्रेष्ठले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार