Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पर्यटन सर्किटबाट जोड्ने गरी बृहत योजना निर्माण गर्ने मुख्यमन्त्री आचार्य प्रतिबद्धता


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०८१ आइतवार
  • 418
    SHARES

पर्यटन सर्किटबाट जोड्ने गरी बृहत योजना निर्माण  गर्ने मुख्यमन्त्री आचार्य प्रतिबद्धता

भैरहवा, भदौ २३ । लुम्बिनीको समग्र विकासका लागी पर्यटन क्षेत्र आधार स्तम्भको रुपमा रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा योगदान पुर्याउने गरी बृहत योजना निर्माणको चरणमा रहेको जानकारी दिए । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्ने गरी बृहत योजना निर्माण गर्न थालिएको बताए । लुम्बिनीलाई पर्यटन सर्किटबाट जोड्ने योजना सरकारले बनाएको र यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई आकर्षित गर्न सकिने योजना सुनाए । ‘पर्यटकीय स्थल थुप्रै छन् । १२ जिल्लालाई एउटा लुम्बिनी पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तव्य स्थलमा पुर्याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’उनले भने,‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा विकास गरेर लग्ने । यीसहित सबै जिल्लालाई जोडेर लुम्बिनी पर्यटन सर्किट बनाउने ।’गौतमबुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरबार संग्राहलय, रुरु क्षेत्र, रेसुंगा, छत्रमहाराज, बल्कोट, सुपादेउराली, स्वर्गद्वारी, रोल्पाको युद्ध संग्राहलय, सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्ने गरी पर्यटन सर्किट निर्माण गर्ने उनले योजना सुनाए ।यसैगरी कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले जिल्लाबाहिर जाँदा मुख्यमन्त्रीको नाममा खर्च भएका होटलका बिल मन्त्रालयमा पेश नहुने दावी गरेका छन् । विगतमा जिल्लाबाहिर जाँदा होटलका बिल ल्याउने, ठुलाठुला होटलमा बस्ने गरेको भन्दै आफू होटलमा पनि नबस्ने र होटलका बिल पनि आफ्नो कार्यकालमा पेश नगर्ने मुख्यमन्त्री आचार्यले दावी गरेका हुन् ।लुम्बिनी प्रदेश सरकारले फर्जुल खर्च रोक्न नीति गत निर्णय गरेको उल्लेख गर्दै पुर्व भिआईपीको सेवासुविधा फिर्ता गर्ने निर्णयअनुसार अगाडि बढेको बताउँदै केही पुर्वभिआईपीले अझै कार्यान्वयन नगरेकोप्रति आफू जानकार रहेको भन्दै राज्यको सम्पत्ति कानूनविपरीत प्रयोग नगर्न सचेत गराइएको बताए । मुख्यमन्त्री आर्चायले वर्तमान सरकारले पुरक बजेट नल्याउने बताउँदै अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गर्ने बताए ।नेकपा (एमाले) र नेपाली काँग्रेसबीच भएको सहमति अनुसार आफनो कार्यकाल आधा आधा रहेको बताउँदै सहमतिलाई अक्षरस कार्यान्वयन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

 


लुम्बिनी चिन्तन

थप समाचार