Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०८१ आइतवार
  • 410
    SHARES

चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्मको सजाय हुने सहमति

भैरहवा, भदौ २३ ।  प्रतिनिधि सभाको अर्थ समितिमा बैंकिङ कसुरलाई नियन्त्रण गर्न बनाउने कानुनमा सहमति भएको छ । आइतबार बसेको समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर मुद्दामा एक महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था गर्ने निर्णय भएको हो । जस अन्तर्गत १५ लाखसम्मको चेक अनादरमा १ महिना कैदको व्यवस्था राख्न सहमति जनाएको छ । समितिका सभापति सन्तोष चालिसेका अनुसार १५ लाखसम्मको चेक अनादरमा १ महिना, ५० लाख सम्मकोमा ३ महिना, १ करोडसम्म १ बर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित २ वर्ष कैद सजाय र पाँच प्रतिशत जरिवानाको व्यवस्था गर्नेबारे सहमति जुटाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार