Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

असोजदेखि पार्टी प्रवेश अभियान चलाउने राप्रपाको निर्णय


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८१ सोमवार
  • 412
    SHARES

असोजदेखि पार्टी प्रवेश अभियान चलाउने राप्रपाको निर्णय

भैरहवा, भदौ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको छ ।केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले स्वेदेशका साथै प्रवासमा समेत पार्टी र पार्टीको एजेण्डाप्रति आकर्षण देखिएको निष्कर्ष निकालेको छ । यसलाई संगठनको दायरामा ल्याउन पार्टी प्रवेश अभियान चलाउने र २०८१ लाई पार्टी प्रवेशको वर्षका रुपमा मनाउन राप्रपाको निर्णय छ ।बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्ण दिएको छ भने आफ्नै कार्यालय भवन चाबहिलमा बनाउने निर्णय गरेको छ ।यसका लागि आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार