Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाली कांग्रेसका उपसभापति गुरुङ बिरुद्ध उजुरी, सहकारीको रकम अपचलन गरेको आरोप


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८१ सोमवार
  • 306
    SHARES

नेपाली कांग्रेसका उपसभापति गुरुङ बिरुद्ध उजुरी, सहकारीको रकम अपचलन गरेको आरोप

भैरहवा, भदौ २४ ।  नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ । मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।

धनराज र ज्योति श्रीमान–श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैया अपचलन गरेको आरोप छ । धनराज र ज्योतिले केहि समय अघि सम्बन्धविच्छेद गरेका छन् भने यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ । ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार