Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइयो


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८१ सोमवार
  • 394
    SHARES

प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइयो

भैरहवा, भदौ २४ । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो ।सोमबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै केही सांसदले ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराए ।दुई मिनेटपछि स्वचालित रुपमा सांसदको माइक काटिने प्रावधान पनि सभामुख घिमिरेले लागू गरेका छन् । यसअघि आकस्मिक समयमा तीन मिनट दिने गरिएको र तीन मिनेटमा समेत सभामुखले समय थप गर्न सक्ने गरी विवेकमा छाडिएको थियो ।तर, यसो गर्दा आकस्मिक समय व्यवस्थित हुन नसकेको भन्दै सभामुख घिमिरेले समय घटाएर त्यसमा पनि स्वचालित रुपमा माइक काटिने प्रावधान लागू गरेका हुन् ।प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ ।यसैमा आकस्मिक समयको प्रावधान समेत समावेश गरिएको छ । ‘अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकबीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ’ नियम १५ को उपनियम १ मा उल्लेख छ ।


लुम्बिनी चिन्तन

थप समाचार