Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

संसद्‌मा सत्तारूढ दलले मागे उपसभामुखको राजीनामा, रास्वपाको आपत्ति


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०८१ मंगलवार
  • 452
    SHARES

संसद्‌मा सत्तारूढ दलले मागे उपसभामुखको राजीनामा, रास्वपाको आपत्ति

भैरहवा, भदौ २५ । प्रतिनिधि सभामा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताएका हुन् । एमाले सांसद सरस्वती सुब्बाले उपसभामुखमाथि प्रश्न उठेकाले छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । ‘छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ,’ उनले भनिन् ।सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप लगाउँदै पदमा बस्न नमिल्ने बताइन् ।‘उहाँले गरेको काम मानव तस्करी होइन र ? अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ ,’ उनले भनिन्, ‘आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ ।’सांसद सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे ।उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा सहभागी हुन भिसाको अन्तर्वाताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।सोही प्रकरणमा सत्तारूढ दलले उपसभामुख महाभियोगको तयारी गरेको चर्चा भइरहेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उपसभामुख इन्दिरा रानाविरुद्ध ‘महाभियोग लगाउने सत्तारूढ दलको तयारी’प्रति आपत्ति जनाएको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दलहरूले सल्लाह गरेर लोकतन्त्र मार्न लागेको आरोप लगाए ।‘यो राज्य पनि अब लोकतन्त्रमाथि आक्रमण गर्दै छ । माननीय उपसभामुखविरुद्ध महाभियोग लगाउने जस्तो कुरा राजनीतिक पार्टी बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन,’ उनले भने ।

 


लुम्बिनी चिन्तन

थप समाचार