Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एमाले सिद्धार्थनगर–६ कमिटिको दोस्रो अधिवेशन सम्पन्न, २१ नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा पौडेल


  • लुम्बिनी चिन्तन
  • भाद्र ३०, २०८१ आइतवार
  • 406
    SHARES

एमाले सिद्धार्थनगर–६ कमिटिको दोस्रो अधिवेशन सम्पन्न, २१ नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा पौडेल

भैरहवा, ३० भदौ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले मदन प्रसाद पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।  यसअघि पौडेल वडा कमिटीको सचिव थिए ।
कमिटीको उपाध्यक्षमा अनिता थापा, सचिवमा आनन्द प्रसाद न्यौपाने, उपसचिवमा प्रितम पुन र सोहन हरिजन रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सुक बहादुर आले, कल्पना ज्ञवाली, राम विलास तिवारी, सुरज धवल, किरण मिश्रा, सुर्यमति हरिजन, मालती देवी गुप्ता, पवित्रा देवी पासी, हरिकिसुन तेली, अमिर अर्याल, नुरे आलम धुनिया, राजेन्द्र गुप्ता, विष्णु बहादुर रोक्का क्षेत्री, गणेशमान चौधरी, सुक्खु गुप्ता र विष्णु भण्डारी रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै एमाले लुम्बिनी प्रदेशका कमिटीका पूर्व सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले जनतासँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । उनले एमालेले देशमा सबैभन्दा बढी मत ल्याएको बताए ।
त्यस्तै पार्टीको रुपन्देही जिल्ला सचिवालय सदस्य चोपलाल आचार्यले वडा अधिवेशन कम्यूनिष्ट पार्टीको ठूलो चाडपर्व भएको बताए । उनले २०८४ को निर्वाचनमा एमालेले वडा नम्बर ६ मा जित्नैपर्ने बताए ।
एमाले सिद्धार्थनगर नगर कमिटी सदस्य लता पोखरेलले एमालेले नजित्दा वडा नम्बर ६ मा विकासका काम पछि परेको बताइ्न । उनले आगामी निर्वाचन एमालेले जित्नैपर्नेमा जोड दिइन् ।
समाजसेवी राजु ढकालले राजनीतिज्ञले गरेर मात्र विकास नहुने भएकोले नागरिकको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
एमाले सिद्धार्थनगर वडा नम्बर ६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले नयाँ कमिटीले जनताको पक्षमा र वडाको विकासका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
एमाले सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, पार्टीको प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य विश्वराज बराल (अनुप)को प्रमुख आतिथ्यता, वडा कमिटी उपसचिव आनन्द प्रसाद न्यौपानेको स्वागत तथा मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एमाले रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, एमाले सिद्धार्थनगर अध्यक्ष चक्र बहादुर थापालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा कमिटी अध्यक्ष गुप्ताले दुई कार्यकालसम्म नेतृत्व गरी सफलतापूर्वक जिम्मेवारी सम्हालेको भन्दै उनलाई वडा कमिटीले सम्मान–पत्रद्वारा सम्मान गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार