Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एमाले सिद्धार्थनगर–९ दोस्रो वडा अधिवेशन सम्पन्न , अध्यक्षमा भट्टराई निर्वाचित


  • लुम्बिनी चिन्तन
  • भाद्र ३०, २०८१ आइतवार
  • 504
    SHARES

एमाले सिद्धार्थनगर–९   दोस्रो वडा अधिवेशन सम्पन्न , अध्यक्षमा भट्टराई  निर्वाचित

भैरहवा, ३० भदौ ।नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९, रुपन्देहीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले बसन्त प्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । भट्टराई सिद्धार्थनगर–९ का वडा सदस्य समेत हुन् ।

 

कमिटीको उपाध्यक्षमा हेमा लामिछाने, सचिवमा अशोक बेल्बासे, उपसचिवमा बसुन्धरा पोखरेल र मनोज पन्थ रहेका छन् ।त्यस्तै सदस्यहरुमा विष्णु आचार्य, भैरव प्रसाद सेढाई, विन्दु शाही, राधा अर्याल, गोविन्द पौडेल र चुडामणि भुर्तेल रहेको निर्वाचन मण्डल संयोजक तथा एमाले रुपन्देही जिल्ला सदस्य डिजाइन थापाले बताए ।

 

वडा कमिटीका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता तथा एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार