Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने, ओली सरकारले एउटा सिंका पनि भाच्न सकेको छैन : महामन्त्री कोइराला


  • लुम्बिनी चिन्तन
  • चैत्र २८, २०७७ शनिवार
  • 2.3K
    SHARES

कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने, ओली सरकारले एउटा सिंका पनि भाच्न सकेको छैन : महामन्त्री कोइराला

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन । ओली सरकारले एउटा सिंका पनि भाच्न नसकेको आरोप लगाउदै उनले देश जटिल अवस्थामा हुदा पनि कम्युनिष्ट सरकार भ्रष्टाचार गर्देै बसेको बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ रुपन्देहीको आयोजनामा आयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुक अत्यन्त अफ्ठयारामा हुदा पनि ओली सरकारले एउटा सिंका पनि भाच्न सकेको छैन, अहिलेका योजना ४८ र ५१ साल नेपाल स्वर्ण युग भएको बेलाको योजना हो, नयाँ योजना थप भएको होइन महामन्त्री कोइरालाले भने ।
कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउदै उनले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताए । म कम्युनिष्टमा विश्वास गर्दैन, यो हाम्रो बाध्यता हो अहिलेको लगि । 
ओली सरकारले खाली सपना मात्र बाढेको छ, आउने निर्वाचन कांग्रेसकै नेतृत्वमा हुनुपर्छ ओलीको निर्वाचन भयो भने फेरी सर्वनाश हुने बताए । कम्युनिष्टहरुको सबै रणनिति आर्थिक र राजनैतिक रुपमा व्यवहारिक हुदैन । आज पार्टी प्रवेश गरेका हाम्रो लागि ठूलो जनमत हो , यसैको आधारमा निवार्चन जित्नु पर्छ । नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन, हरायो भने कांग्रेसकै व्यक्तिले हराउछ ।  
नेपाली काग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाणले अहिले हामी सविधान, लोकतन्त्रको रक्षा, कम्युनिष्ट शासनको निरंकुशता, तानाशाहीबाट देशलाई आजाद गर्नका कम्युनिष्टसँग लडिरहेका बताए ।  
पुर्व मन्त्री तथा लेखा समिति सभापति भरत शाहले ओली सरकार रहे सम्म भ्रष्टाचार रहने बताए उनले अहिले सबैको माग ओली सरकारको बहिर्गमन हो ओली रहे सम्म प्रजातन्त्र मास्ने, सवैधानिक निकायलाई अस्तव्यस्त गरी देशलाई नै तहशनहश गर्ने आरोप लागाए । 
प्रदेश सभा सदस्य पुष्पा चौधरी, संविधान सभा सदस्य इस्तियाक अहमद खान, क्षेत्र नम्बर ४ का सासद प्रमोद यादव, प्रदेश सभा सदस्य वसिउद्दीन खान, अष्ठभुजा पाठक, लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फकरुद्दीन खान, पूर्व खानेपानी राज्यमन्त्री तथा रुपन्देहीका सभापति अब्दुल रज्जाक, युवा नेता मोहम्मद रफिक खान, बुटवल उपमहानगरका सभापति खिलराज पाण्डे, क्षेत्र नम्बर ३ का सभापति मातृका यादव, महाधिवेशन प्रतिनिधि थानेश्वर घिमिरे, महासमिति सदस्य चैतन्द्र यादव, देवी प्रसाद चौधरी,  जिल्ला सचिव रामकृष्ण खाण, मायादेवी गाँउपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी लगायतले बोलेका थिए ।  
क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवको सभापतित्व, जिल्ला कार्य समिति सदस्य श्रीराम यादवको स्वागत तथा पदम भण्डारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जसपाका जिल्ला सदस्य रामअवतार यादवको नेतृत्वमा १५ सय जना नेपाली कांग्रेस प्रवेश गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार