Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जिल्ला अदालत रुपन्देहीद्धारा पुर्व गृहमन्त्री लामिछाने सहित १२ जना बिरुद्ध पक्राउ पुर्जी जारी


  • लुम्बिनी चिन्तन
  • कार्तिक ८, २०८१ बिहिवार
  • 398
    SHARES

जिल्ला अदालत रुपन्देहीद्धारा पुर्व गृहमन्त्री लामिछाने सहित १२ जना बिरुद्ध पक्राउ पुर्जी जारी

 

भैरहवा कात्तिक ८/
जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित १२ जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 
जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहिवार १२ जनाविरुद्ध पक्राउ अनुमती दिएको हो । अदालतले लामीछाने सहित पूर्वडीआईजी छविलाल जोशी दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पक्राउ अनुमती दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । 
जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरूद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो ।  अहिले सहकारीका अध्यक्ष गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित छ जना धरौटीमा रिहा भइसकेका भने सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन्।


लुम्बिनी चिन्तन

थप समाचार