Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रचण्डद्वारा रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित जमुहानी पोखरा ताल पार्कको शिलान्यास


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २८, २०८१ बुधवार
  • 520
    SHARES

प्रचण्डद्वारा रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित जमुहानी पोखरा ताल पार्कको शिलान्यास

भैरहवा, फागुन २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओमसतिया गाउँपालिका–६ स्थित रामजानकी जमुहानी पोखरा तालको पार्क शिलान्यास गरेका छन । 
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रामजानकी जमुहानी पोखरा तालको पार्कले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । 


“यस क्षेत्रको विकासको निम्ति, पर्यटन प्रवद्र्धनका निम्ति तथा सास्कृतिक पर्यटन प्रवद्र्धनका निम्ति पनि यस तालले महत्वपूर्ण भुमिका खेल्छ भन्ने मलाई विश्वास छ ।” उनले भने ।


“हामीले अभियानको क्रममा यस्ता धार्मीक र ऐतिहासीक महत्वका तालतलैया मठमन्दिरहरुलाई महत्व दिनुको अर्थ यस क्षेत्रका जनताका अर्थिकजिवनमा प्रगती होस भन्ने हाम्रो उद्येश्य हो । ”उनले थप्दै भने । 


सो तालको शिलान्यासमा हामी आइरहँदा यसले अलिबढी प्रचार पाउने र उक्त ताल स्थापीत हुने उनले बताए ।  

 
प्रचण्ड आज दिनभर विभिन्न रुपन्देही कार्यक्रम सहभागी हुने छन् । त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहान गरपालिकाको समन्वयमा ज्योति नगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्।


लुम्बिनी चिन्तन

थप समाचार