भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रुपन्देहीले संगठानिक विस्तार तिव्र बनाएकाे छ । बरिष्ठ नेता दिपक बाेहराकाे गृह जिल्ला रहेकाे रूपन्देहीमा पछिल्लाे समय जिल्ला समितिले सक्रियताका साथ संगठन विस्तार गरेकाे छ । हालै मात्र क्षेत्र नम्बर ५ मा गंगाराम जैसवालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ भने क्षेत्र नम्बर ५काे (क) र (ख) क्षेत्रमा पनि कार्यसमितिको घोषणा सभा गरेकाे छ ।
त्यसतै लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजेश यादवको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्यहरु ताहिर अली, कैलाश गुरुङ, तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, नेताहरु शंकर खत्री, मेघनाथ ज्ञवाली, अमृत पाण्डेय लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।