भैरहवा चैत्र २३,
रुपन्देहीको भैरहवा स्थित मुन लाईट आवासीय माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) प्राप्त गरेको छ ।
शनिबार विद्यालयको ३५औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई आएसओको लागो प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण संस्थाको दक्षिण एसिया हेर्ने संस्था ग्लोबल क्वालिटी काउन्सीलले मुनलाईट लाई उक्त चिन्हसहित आईएसओ प्रमाणित गरेको हो ।

उक्त चिन्ह आइएसओका प्रतिनिधि अनिल सापकोटा र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ द्वारा विद्यालयका अध्यक्ष कुल प्रसाद न्यौपाने र विद्यालयका प्राचार्य राजेश राज जोशीलाई हस्तानान्तरण गरिएको थियो ।
मुन लाईट आवसीय मा.वि को ३५औं वार्षिकोत्सव तथा आइएसओ हस्तानान्तरण कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ ले आईएसओ चिन्ह प्राप्त गरेकोमा विद्यालयलाई शुभकामना दिनु भयो । उहाँले विद्यार्थी छात्रछात्राहरुलाई संसार जित्नु छ भने शिक्षालाई हतियार बनाएर संसार जित्न आग्रह गर्नुभयो ।
विद्यालयले आईएसओ चिन्ह प्राप्त गर्दा विद्यालय परिवारमा नै खुसी छाएको भन्दै मुनलाईट आवसीय मा.वि.का अध्यक्ष कुल प्रसाद न्यौपानेले खुसि प्रकट गर्नु भयो । उक्त चिन्हले विद्यालयमा थप जिम्मेवारी थपीएको र विद्यालय संगै शिक्षकशिक्षीका, विद्यार्थीहरु र विद्यालय व्यवस्थापन समितीलाई अझबढी अनुशासित बनाउने बताउनु भयो ।

विद्यालयका प्राचार्य राजेश राज जोशीले विद्यालयको तर्फबाट विद्यार्थीहरुको शिक्षमा कुनै किसिमको पनि कमिकम्जोरी हुन नदिने प्रतिबध्ता जनाउनु भयो । साथै उहाँले अभिभावकहरुललाई धन्यवाद दिदैँ विद्यालयलाई सधै यसरीनै विश्वास गरीदिन आग्रह पनि गर्नु भयो । उहाँले भन्नु भयो “जसरी तपाईहरुले विस्वास गरेर आफ्नो बालबालिका हाम्रो विद्यालयमा पढ्न पठाउनु भएको छ, त्यसरी नै हामी तपाई विश्वास टुट्न दिदैनौं ।”
कार्यक्रममा विद्यार्थीहरुद्वारा नृत्य प्रस्तुती, गायन, तेक्वान्दो प्रदर्शन लगायत नाटक पनि प्रस्तुत गरेका थिए । यसैगरी, विद्यालयका प्लस टु संयोजक टिकारम भट्राईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।