Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जनताको भोटबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने माग गर्दै भैरहवामा नेसपा (नयाँ शक्ति) को धर्ना


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०८२ शुक्रवार
  • 434
    SHARES

जनताको भोटबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने माग गर्दै भैरहवामा नेसपा (नयाँ शक्ति) को धर्ना

भैरहवा, बैशाख १२ । नेपाल समाजबादी पार्टी (नयाँ शक्ति)रूपन्देहीको आयोजनामा भैरहवाको बुद्धचोकमा “१२ गते १२.०० बजे“ भन्ने जनपरिचालन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जनपरिचालन समिति लुम्बिनीका सदस्य हरि घर्तिमगरले जनताले हालेको भोटबाट प्रत्यक्ष निर्वाचित हुनु पर्छ भन्दै धर्ना दिएको बताउनु । पार्टीको प्रथम अधिवेशन भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रममा आ–आफ्नो जिल्लामा प्रत्यक्ष निर्वाचित भएकालाई प्रमुख बनाउने र स्थानिय तहका समस्याहरुलाई समाधान कसरी गर्ने भन्ने विषयलाई उठाउने निर्णय भएको थियो उक्त निर्णयलाई पुरा गर्न धर्ना कार्यक्रम गरिएको उनले बताउनु भयो । धर्ना कार्यक्रममा उपस्थित जनसमुदायले विभिन्न किसिमका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
“राजनीतिक अस्थिरताको ओखती, प्रत्यक्ष निर्वाचित राष्ट्रपति।”, “अन्त्य गरौ भ्रष्टाचार, बनाओै समृद्धिको आधार।”, “शिक्षामा आमूल सुधार, शैक्षिक अवसर सबैलाई बरावर।”, “कति बस्छौ युरोप र खाडीमा, भविस्य खोजौ आफ्नै खेत बारीमा।”, “के देऊ रोजगार, कि बनाउ स्वरोजगार।”, “बारीमा रोपौ, पारीको रोकौ।”, “ जुन देशमा मेरो ज्यान, त्यही बाट मतदान”, “मैले पठाएको रेमिटान्स चल्ने, मेरो मत किन नचल्ने”, “राष्ट्रिय स्वाधिनताको रक्षा, बहुराष्ट्रियता बिच एकता”, “स्वच्छ हावा, स्वस्थ्य आहार, मेरो नैसर्गिक अधिकार”, “ माटोको सुघन्ध चिनौ, आत्मनिर्भर बनौ।”,“ समृद्धिका लागि स्वदेशमै लगानी र श्रम, वैदेशिक पलायनता र श्रम शोषण विरूद्ध हाम्रो अभियान।”, “संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण,  उन्नत संस्कृति र सम्पदाको हस्तान्तरण लगायतका प्लेकार्ड बोकेका थिए। 
उक्त जनपरिचालन कार्यक्रममा अध्यक्षता पार्टीका जनपरिचालन समिति रूपन्देहीका सँयोजक बिमला बि.क. को अध्यक्षता रहेको थियो । धर्ना कार्यक्रममा पार्टीका रूपन्देही सँयोजक शोभाकान्त नेपाल,केन्द्रीय सदस्य कमल खनाल,केन्द्रीय सदस्य श्री शुसिला पुलामीमगर, केन्द्रीय सदस्य एबँ रूपन्देहीका उत्प्रेरक रबिना भण्डारी, पार्टीका बिज्ञ परिषदका सदस्य मुरारीलाल अग्रवाल तथा पार्टी केन्द्र का सल्लाह समितिका सदस्य ओमप्रकाश बि.क. ले कार्यक्रमलाई प्रकाश पार्नु भएको थियो। कर्यक्रममा पार्टीका जिल्ला सचिबालय सदस्य एबँ सिद्धार्थनगरका अध्यक्ष बिजय उपाध्यायले जनपरिचालनमा सहभागी सम्पुर्णलाई स्वागत गर्नुभएको थियो भने पार्टी रूपन्देहीका सचिबालय सदस्य एबँ समाजबादी युवासँघ लुम्बिनीका अध्यक्ष बिष्णु खत्रीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  


लुम्बिनी चिन्तन

थप समाचार