भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रुपन्देही क्षेत्र नम्बर २ अधिवेशनबाट राम बहादुर थापाको अध्यक्षतामा १६ सदस्यीय नवनिर्वाचित कार्यसमिति गठन भएकाे छ । क्षेत्र नम्बर २ काे बुटवलमा भएकाे घोषणा सभा बाट क्षेत्र नम्बर २ (क) मा मित्रलाल कुंवरको अध्यक्षता १६ सदस्यीय र क्षेत्र नम्बर २ (ख) मा शेष नारायण न्यौपानेको अध्यक्षता १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । त्यसतै बुटवल उपमहानगरपालिकामा निरज प्रताप खांणको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।
राप्रपाका नेता पुनाराम पोखरेलको अध्यक्षता, पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्वमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको आतिथ्यता लगायत केन्द्रीय, जिल्ला तथा क्षेत्रस्तरीय नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।